मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा. भगवान कोइराला

मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा. भगवान कोइराला

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  कार्तिक १७, २०७६

मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा. भगवान कोइराला नियुक्त हुनुभएको छ । आइतवार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रा.डा. कोइरालालाई अध्यक्षमा नियुक्त गरेको हो ।

काउन्सिलका निवर्तमान अध्यक्ष प्रा.डा. धर्मकान्त बाँस्कोटाको पदावधि सकिएपछि काउन्सिलको अध्यक्ष पद खाली थियो । प्रा.डा. कोइराला मुटुरोगका चर्चित चिकित्सक मानिनुहुन्छ ।

प्रा.डा. कोइराला शहीद गंगालाल हदयरोग उपचारकेन्द्र र त्रिवि शिक्षण अस्पतालको निर्देशक भइसक्नुभएको छ । हाल उहाँ मनमोहन कार्डियो भाष्कुलर तथा ट्रान्स्प्लान्ट सेन्टरमा कार्यरत हुनुहुन्छ ।