त्रिविको उपकुलपतिमा डा. धर्मकान्त बाँस्कोटा

त्रिविको उपकुलपतिमा डा. धर्मकान्त बाँस्कोटा

लोकसंवाद संवाददाता  |  शिक्षा  |  कार्तिक १७, २०७६

काठमाडौं । शिक्षामन्त्रीको अध्यक्षतामा गठित सर्च कमिटीले २ नम्बरमा सिफारिस गरेका डा. धर्मकान्त बाँस्कोटालाई प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको १९औँ उपकुलपतिमा नियुक्त गर्नुभएको छ । त्रिविका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री ओलीले  आइतवार बाँस्कोटालाई नियुक्त गर्नुभएको हो ।

स्रोतका अनुसार तीन जनाको नाम सिफारिस भएकामा मन्त्रिपरिषद्ले मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइरालालाई नियुक्त गरेपछि बाँस्कोटालाई उपकुलपतिमा नियुक्त गरिएको हो ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेल अध्यक्षताको कमिटीले डा. कोइरालालाई एक नम्बर, डा. बास्कोटालाई दोस्रो र परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेललाई तेस्रो नम्बरमा सिफारिस गरेको थियो । 

नेपाल मेडिकल काउन्सिलको अध्यक्षसमेत भइसकेका बाँस्कोटा नाक, कान, घाँटी रोग विशेषज्ञ हुनुहुन्छ ।

तत्कालीन उपकुलपति तीर्थ खनियाँको कार्यकाल गत भदौ ५ गते सकिएको थियो ।