राष्ट्रपति भण्डारीद्वारा सातवटै प्रदेश प्रमुख पदमुक्त

राष्ट्रपति भण्डारीद्वारा सातवटै प्रदेश प्रमुख पदमुक्त

लोकसंवाद संवाददाता  |  समाचार  |  कार्तिक १७, २०७६

राष्ट्रपति विद्यादेवी भण्डारीले सातवटै प्रदेशका प्रदेश प्रमुखहरूलाई पदमुक्त गर्नुभएको छ । आइतवार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार राष्ट्रपतिले उहाँहरूलाई पदमुक्त गर्नुभएको आज राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा राष्ट्रपति भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७६/७\१७ को निर्णयबाट सिफारिस भई आएअनुसार नेपालको संविधानको धारा १६५ को उपधारा (१)को खण्ड (ख) बमोजिम प्रदेश प्रमुखहरूलाई पदमुक्त गर्नुभएको उल्लेख छ ।

पढ्नुहोस् विज्ञप्ति :