सातवटै प्रदेश प्रमुख सिफारिस, यी हुन् सिफारिसमा परेका

सातवटै प्रदेश प्रमुख सिफारिस, यी हुन् सिफारिसमा परेका

लोकसंवाद संवाददाता  |  समाचार  |  कार्तिक १८, २०७६

सोमवार बसेको नेकपाको सचिवालय बैठकले सातवटै प्रदेशको प्रमुख नियुक्तिका लागि सात जनाको नाम सिफारिस गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले विगतको एमाले पृष्ठभूमि रहेका कास्कीका सोमनाथ अधिकारी प्यासी, झापाका विष्णुप्रसाद प्रसाईं, सिरहाका धर्मनाथ यादव, डडेलधुराका गोविन्दप्रसाद कलौनी र काठमाडौंकी सर्मिला त्रिपाठीलाई सिफारिस गरेको छ ।

त्यस्तै, पूर्वमाओवादीबाट चितवनका अमिक शेरचन र बाँकेका तिलक परियारलाई प्रदेश प्रमुखका सिफारिस गरेको छ । आजै वालुवाटारमा बस्ने बैठकले उनीहरूलाई नियुक्ति गर्ने बालुवाटार स्रोतले बतायो ।