महरालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश, सांसद पद पनि निलम्बित

महरालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश, सांसद पद पनि निलम्बित

लोकसंवाद संवाददाता  |  अपराध  |  कार्तिक १८, २०७६

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बलात्कार अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

दुई दिनसम्मको बहसपछि जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजालासले महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

जिल्ला अदालत काठमाडौंका श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठले न्यायाधीश पाण्डेको इजलासबाट उक्त आदेश भएको जानकारी दिनुभयो । 

यस आदेशसँगै महराको सांसद पदसमेत निलम्बन भएको छ ।