प्रदेश ५ को सूचना तथा संचार प्रविधि प्रतिष्ठानको कार्यकारी निर्देशकमा अनुप बाँस्कोटा

प्रदेश ५ को सूचना तथा संचार प्रविधि प्रतिष्ठानको कार्यकारी निर्देशकमा अनुप बाँस्कोटा

लोकसंवाद संवाददाता  |  समाचार  |  कार्तिक १९, २०७६

प्रदेश ५ मन्त्रिपरिषद्को बैठकले अनुप बाँस्कोटालाई सूचना तथा संचार प्रविधि प्रतिष्ठानको कार्यकारी निर्देशकमा ५ वर्षका लागि नियुक्त गरेको छ ।

२०५५ सालदेखि काठमाडौं विश्वविद्यालयमा प्राध्यापन सुरु गरेका बाँस्कोटा कम्प्युटर इन्जिनियरिङ विभागमा सहप्राध्यापक र विभागीय प्रमुखको रूपमा कार्यरत हुनुहुन्थ्यो ।

उहाँ केन्द्र सरकारको राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशकको रूपमा कार्यरत हुँदा नेपाल सरकारको ई-गभर्नेन्स कार्यक्रमको कार्यान्वयन सुरु भएको थियो ।

राष्ट्रिय परिचयपत्र, ई-सवारी अनुमतिपत्र, सरकारी एकीकृत सूचना केन्द्र, डिजास्टर रिकभरी सेन्टर र राष्ट्रिय ई-मानकको योजना निर्माण तथा कार्यान्वयनमा प्रमुख भूमिका खेल्नुभएका बाँस्कोटाले एसियाली विकास बैंकको सहयोगमा संचालित राष्ट्रिय सूचना प्रविधि विकास परियोजनाको कार्यक्रम निर्देशक रहेर पनि काम गरिसक्नुभएको छ ।