बग्यो १०१ वर्ष नायग्रा फल्समा अड्किएको डुंगा

बग्यो १०१ वर्ष नायग्रा फल्समा अड्किएको डुंगा

लोकसंवाद संवाददाता  |  विदेश  |  कार्तिक २०, २०७६

काठमाडौं, एजेन्सी । नियाग्रा फल्सको चट्टानमा १०१ वर्षदेखि अड्किरहेको डुंगा तेज हावा तथा भारी वर्षाका कारण बगेको समाचार छ । यो डुंगा अमेरिकाबाट क्यानडातर्फ बगेको हो । यो डुंगा सन् १९१८ मा नायग्रा फल्सको मुहानमा आएर अड्किएको थियो ।

रिपोर्टका अनुसार डुंगामा दुईजना मानिस यात्रा गर्दै सेंट लरेंस नदीबाट जाँदै थिए । यसैबीच मौसम अचानक खराब भयो र पानीको तेज बहावका कारण डुंगा नायग्रा फल्सको किनारतर्फ गएर अड्किएको थिय । यसमा सवार दुवैजनालाई त्यसबखत बचाइएको थियो । काठ तथा फलामले बनेको उक्त डुंगा चट्टानमा फसेपछि खराब भएको थियो । यस कारण मानिसहरु यसलाई पनि चट्टान नै भन्ठान्थे ।

नायग्रा फल्स अमेरिका तथा क्यानडाको सीमामा अवस्थित रहेको छ । सेंट लरेंस नदी पर स्थित नायग्रा फल्स क्यानडाको ओंटारियो तथा अमेरिकाको न्युयोर्कको अंतरराष्ट्रीय सीमा पर स्थित नायग्रा नदीमा अवस्थित छ । यो संसारको सबैभन्दा सुन्दर झरना मध्ये एक मानिन्छ ।