'जेम्स बण्ड' कारकाे लिलामी मूल्य  १३ करोड ४४ लाख !

'जेम्स बण्ड' कारकाे लिलामी मूल्य  १३ करोड ४४ लाख !

लोकसंवाद संवाददाता  |  कारोबार  |  कार्तिक २२, २०७६

काठमाडौं, एजेन्सी । जेम्स बण्ड फिल्मसँग सम्बन्धित कारको पहिले पनि लिलामी भएको थियो । त्यसबखत लिलाम हुने गाडीमा यसका नायक जेम्स बण्डको हुने गर्दथ्याे । तर, अहिले संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी अबुधाबीमा ३० नोभेम्बरमा लिलामी हुन लागेको कार भने अन्तिम बण्ड फिल्म स्पेक्टरमा यसका भिलेन मिस्टर हिंक्सले प्रयोग गरेको ज्यागुआर सी एक्स ७५ मोडलको हो जसको मूल्य १३ करोड ४४ लाख रहेको छ । 

यो कार ज्यागुआर सीएक्स ७५ मोडलको हो । जो यसको स्पेशल हुनुका साथै केवल यो फिल्मका लागि बनाइएको थियो । लिलामीमा यसको मूल्य करीब  १३ करोड ४४ लाखसम्म हुनसक्ने अनुमान गरिएको छ ।