‘वेडिङ रिङ’ ४० वर्षपछि भेटियो !

‘वेडिङ रिङ’ ४० वर्षपछि भेटियो !

लोकसंवाद संवाददाता  |  विदेश  |  कार्तिक २२, २०७६

अस्ट्रेलिया, एजेन्सी ।  अस्ट्रेलियाको ब्रिसबेनका माइकल हिलले आफूले ४० वर्ष अगाडी हराएको ‘वेडिंग रिंग’ भेट्टाएका छन् । उनको ‘वेडिंग रिंग’ घरको बगैंचामा हराएको थियो । पुरानो चिज खोज्ने शौखीन प्लंबर जुआल बटलरको मद्दतले उनले यो ‘वेडिंग रिंग’ प्राप्त गरेका हुन् । उनको विवाह १९७० मा भएको थियो । 

बटलरले मेटल डिटेक्टरको सहायताले ११ घण्टा खोजेपछि ४ नोभेम्बरमा उनले ‘वेडिंग रिंग’ भेटेका हुन् । बटलरले हिलको घरको बगैंचाको दाहिने पट्टिबाट यसलाई निकालेका हुन् । उक्त रिंग जमीन भन्दा आठ इंच तल दबिएको अवस्थामा भेटिएको हो । 

माइकलका लागि यो रिंग यसकारण पनि विशेष छ किनकि उनी पत्नी काएसँग आगामी वर्ष विवाहको ५० औं वर्षगाँठ मनाउँदैछन् । हाल ७२ वर्षका माइकलले ‘वेडिंग रिंग’ पाउने आशा नै मारिसकेका थिए । तर, उनले आफ्नो छोरासँग हराएको औठीको बारेमा कुरा गरे । तब उनका छोराले प्लंबर जुआल बटलरलाई फेसबुकमा खोजे र पत्ता लगाएर उनको सेवाद्वारा आफ्ना आमाबाबुले ४० वर्ष अघि हराएको ‘वेडिंग रिंग’ पत्ता लगाएर छोडे । 

औंठी भेटिएपछि माइकलले भावुक हुँदै भने, म हजारौं पटक बगैंचाको उक्त भागमा गएँ होला र धेरै पटक उक्त औंठीमाथि पाइला पनि राखें हुँला तर, कहिले पनि यो सोच आएन कि औंठी यहाँ हुन पनि सक्छ । 

मेरो छोरोले जुआलको मद्दतले औंठी मलाई उपहार दियो । अब यो औंठी मेरो हातमा नभई ‘वेडिंग रिंग’ वाला बाकसमा रहने छ । हाम्रो ४९ वर्षे वैवाहिक सम्बन्ध जस्तै बनेर ।