पर्यावरण जोगाउने नयाँ तरिका ! २ किलो प्लास्टिकको ६ वटा अण्डा !!

पर्यावरण जोगाउने नयाँ तरिका ! २ किलो प्लास्टिकको ६ वटा अण्डा !!

लोकसंवाद संवाददाता  |  कारोबार  |  कार्तिक २३, २०७६

काठमाडौं, एजेन्सी । भारतीय राज्य तेलंगानाको कामारेड्डीमा सिंगल युज प्लास्टिकको प्रयोग कम गर्नका लागि एउटा नौलो अभियान शुरू भएको छ .  जसअर्न्तगत २ किलो सिंगल युज प्लास्टिकको बदलामा ६ वटा अण्डा दिने थालिएकाे छ ।  

भारतको राज्य सरकार पनि सिंगल युज प्लास्टिक प्रयोगमा प्रतिवन्ध लगाउने तयारीमा रहेको छ । यस पहलको शुरुवात कलेक्टर एन सत्यनारायणले गरेका छन् । 

प्रशासनका अनुसार कलेक्टरले सबै पंचायत, मंडल तथा म्युनिसिपल स्टाफलाई यो अभियानलाई सफल बनाउनका लागि आदेश पनि दिएका छन् । यसका लागि अधिकृत, एनजीओ तथा व्यापारिक संस्थालाई समेटेर एउटा कमिटि पनि बनाइएको छ । सबैलाई पर्याप्त अण्डाको व्ययवस्था गर्न पनि भनिएको छ । 

कलेक्टर एन सत्यनारायणका अनुसार, यो अभियानका बारेमा सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ । पछिल्लो तीन महीनामा तीन नगरपालिकामा मात्र १४ हजार ९ सय किलो सिंगल युज प्लास्टिक संकलन गरिसकिएको छ । यसलाई एउटा पब्लिक मुभमेंट बनाउने कोशिश गरिएको छ । 

कलेक्टर एन सत्यनारायण भन्छन, यसलाई नागरिकसँग जोड्ने ठूलो चुनौती थियो त्यसैले यसलाई स्वास्थ्यसँग जोड्ने निर्णय गरिएको हो । र केही फरक होस भन्नका लागि अण्डाको अभियान चलाइयो । २ किलो प्लास्टिकको बदला ६ वटा अण्डा र एक किलो प्लास्टिक साटो ३ वटा अण्डा ।