म्याकडोनाल्डसको शेयर ३ प्रतिशतले घट्यो

म्याकडोनाल्डसको शेयर ३ प्रतिशतले घट्यो

लोकसंवाद संवाददाता  |  कारोबार  |  कार्तिक २३, २०७६

काठमाडौँ, एजेन्सी । नोभेम्बर ४ का दिन शेयर बजारमा म्याकडोनाल्डसको शेयर ३ प्रतिशतले घटेको छ । यो गिरावटले म्याकडोनाल्डसको मार्केट क्याप १४३.४ अरब डलर भएको छ । केही दिन अघि मात्र म्याकडोनाल्डसको मार्केट क्याप १४७.२९ अरब डलर थियो । म्याकडोनाल्डसले उसको सिइओ स्टिव ईस्टरब्रुकलाई हटाएपछि यो गिरावट आएको हो

म्याकडोनाल्डसलाई कम्पनीको कर्मचारीसँगको सम्बन्धका कारण नोकरीबाट निकालिएको हो । जबकि यो सम्बन्ध आपसी सहमति भएको हो । तर पनि म्याकडोनाल्डसले यसलाई कम्पनीको नीतिका विरुद्ध भएको बताएको छ । 

म्याकडोनाल्डसले उसको सिइओ स्टरब्रुकलाई नोभेम्बर ३ मा हटाउने निर्णय गरेको थियो । त्यसपछि अमेरिकाको फाइनेन्शियल सर्विसेज कम्पनी पाइपर जैफरेले म्याकडोनाल्डसको शेयरमा गिरावट आएको आशङ्का जनाएको थियो । उसले कम्पनीको शेयरको रेटिंग ओवरवेटबाट घटाएर सामान्य बनाएको थियो । ईस्टरब्रुक सन् २०१५ मा म्याकडोनाल्डसको सिइओ बनेका थिए । उनको नेतृत्वमा कम्पनीको शेयर मूल्य बढेर दुगुना भएको थियो । म्याकडोनाल्डसकोले क्रिस केम्पजिंसकीलाई नयाँ अध्यक्ष तथा सिइओ बनाएको छ । यसभन्दा अघि उनी म्याकडोनाल्डस अमेरिकाको अध्यक्ष थिए । 

म्याकडोनाल्डसको चिफ पिपुल अफिसर डेभिड फेयरहर्स्टले पनि राजीनामा दिएका छन् । म्याकडोनाल्डस ईस्टरब्रुकका मिल्ने साथी पनि हुन् । ईस्टरब्रुक सिइओ भएपछि फेयरहर्स्टको प्रमोसन भएको थियो । म्याकडोनाल्डसले फेयरहर्स्टको राजीनामाको ईस्टरब्रुकको मामिलासँग कुनै सम्बन्ध नरहेको पनि जनाएको छ ।