हतियार नियन्त्रणका लागि रूस तथा चीनसँग सम्झौता हुने !

हतियार नियन्त्रणका लागि रूस तथा चीनसँग सम्झौता हुने !

लोकसंवाद संवाददाता  |  विदेश  |  कार्तिक २४, २०७६

काठमाडौं, एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले हतियार नियन्त्रणका लागि रूस तथा चीनसँग सम्झौता गर्ने बताएका छन् । यसका लागि काम भैरहेको पनि उनले बताए । व्हाइट हाउसमा उनले रूस तथा चीन यस विषयमा वार्ता गर्न इच्छुक रहने पनि बताए । उनले हामी परमाणु हतियार अप्रसारका विषयमा पनि कुराकानी गरिरहेका छौं तथा रूस, चीनका अलावा अन्य देश पनि यसमा सामेल हुनसक्ने बताएका छन् । 

राष्ट्रपति ट्रम्पले रूसको एक पत्रकारको प्रश्नको जवाफ दिंदै यसो भनेका हुन् । तर, उनले न्यु स्ट्रैटजिक आर्म्स रिडक्शन ट्रीटी (स्टार्ट) को विस्तार प्रश्नको जवाफ भने दिएनन् । 

रूस तथा अमेरिकाबीच चेक गणराज्यको प्रागमा सन् २०१० को अप्रिलमा न्यु स्टार्ट सम्झौता भएको थियो । यो सम्झौता ५ फेब्रुअरी २०११ मा लागु भएको थियो । यो १९९१ मा दुई  देश बीच भएको स्टार्टको साटो लेराइएको थियो । यसको उद्देश्य परमाणु हतियार तथा बम (मिसाइल लन्चिंग) को सीमा माथि नियंत्रण गर्नु थियो ।