किन आउँदै हुनुहुन्छ बंगलादेशका राष्ट्रपति नेपाल ?

किन आउँदै हुनुहुन्छ बंगलादेशका राष्ट्रपति नेपाल ?

लोकसंवाद संवाददाता  |  समाचार  |  कार्तिक २४, २०७६

काठमाडौं । बंगलादेशका राष्ट्रपति अब्दुल हमिद आगामी मंगलबार नेपाल आउनुहुने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा हमिद तीन दिने नेपाल भ्रमणमा आउन लाग्नुभएको हो । नेपाल बसाइका क्रममा उहाँले राष्ट्रपति भण्डारीसँगै उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, परराष्ट्रमन्त्री र प्रमुख दलका शीर्ष नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

वंगलादेशका राष्ट्रपतिले पोखरा र काठमाडौंका ऐतिहासिक तथा सांस्कृतिक क्षेत्रको पनि भ्रमण गर्ने बताइएको छ ।