नेकपा सचिवालयले गर्‍यो विभिन्न आयोग र मंचमा मनोनीत, कोको परे?

नेकपा सचिवालयले गर्‍यो विभिन्न आयोग र मंचमा मनोनीत, कोको परे?

लोकसंवाद संवाददाता  |  समाचार  |  कार्तिक २५, २०७६

सोमवार सम्पन्न नेपाल कम्युनिस्ट पार्टी सचिवालय बैठकबाट विभिन्न आयोग र मंचमा मनोनीत गरिएको छ ।

केन्द्रीय अनुशासन आयोगका अध्यक्षमा अमृतकुमार बोहोरा र सचिवमा अशोक रोकायलाई मनोनीत गरिएको छ भने निर्वाचन आयोगका अध्यक्षमा विष्णुपुकार श्रेष्ठ र सचिवमा माधवप्रसाद पौडेललाई मनोनीत गरिएको छ ।

यसरी नै लेखापरीक्षण आयोगका अध्यक्षमा पुष्पराज कँडेल
र सचिवमा टेकनाथ आचार्यलाई मनोनीत गरिएको छ ।

सल्लाहकार परिषद्का अध्यक्षमा केशवप्रसाद बडाल
र सचिवमा नन्दकुमार थापालाई मनोनीत गरिएको छ भने जेष्ठ कम्युनिस्ट मन्चका अध्यक्षमा नन्दकुमार प्रसाईं र सचिवमा गोविन्द ज्ञवालीलाई मनोनीत गरिएको छ ।