भलिबल : नेपालद्वारा किर्गिस्तान पराजित

भलिबल : नेपालद्वारा किर्गिस्तान पराजित

लोकसंवाद संवाददाता  |  खेलकुद  |  कार्तिक २५, २०७६

बङ्गलादेशमा जारी ‘एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसीप’मा नेपालले किर्गिस्तानलाई पराजित गरेको छ ।

ढाका मिरपुरस्थित शहीद सुरवार्दी इन्डोर हलमा आज भएको दोस्रो खेलमा नेपालले किर्गिस्तानलाई ३-० सेटले पराजित गरेको हो । नेपालले पहिलो सेट २५-१५ अङ्कले आफ्नो पक्षमा पार्‍यो भने दोस्रो सेट २५-१९ अङ्कले तथा तेस्रो सेट २५-२० अङ्कले जितेको हो ।

यसअघि नेपालले पहिलो खेलमा अफगानिस्तानलाई ३-० सेटले पराजित गरेको हो । जीतसँगै नेपालले दुई खेलबाट ६ अङ्क जोडेको छ । नेपालले मङ्गलबार आयोजक बङ्गलादेशसँग खेल्नेछ ।