संसार हल्लाउने यी बालक

संसार हल्लाउने यी बालक

लोकसंवाद संवाददाता  |  ज्ञानविज्ञान  |  फाल्गुन ६, २०७५

माथि चित्रमा देखिएका सातवटा अनुहार विश्वप्रसिद्ध वैज्ञानिकहरूका बाल्यकालका तस्बिर हुन् । के यिनीहरूको बाल्यकालमा कसैले सोचेको थियो, ठुला भएर यी केटाकेटीले आफ्नो प्रतिभाबाट संसारलाई मार्गदर्शन गर्न सक्छन् ! 

बालबालिका भविष्यका निधि हुन् । कुनै पनि बालबालिका कालान्तरमा गएर विश्वलाई नै आफ्नो प्रतिभा र क्षमताले नयाँ युगमा धकेल्न सक्छन् । संसारका सबै बालबालिकालाई हाम्रो स्नेह र प्रोत्साहन आवश्यक हुन्छ । कुनै पनि बालबालिकालाई हतोत्साहित नगर्नुस्, उनका जिज्ञासा र रुचिलाई मर्न नदिनुस् । ती मध्ये अनेकौँ आइन्सटाइन हुन सक्छन्, हकिन्स हुन सक्छन् । 

तपाईँले चित्रमा रहेका कुनै पनि अनुहार चिन्नुभयो ? तपाईँले अनुमान गरेको मिल्यो कि मिलेन तल पढेर जाँच्नुस । 

 चित्र १ का हुन स्टीफन हकिन्स

 चित्र २ का हुन नील डी ग्रेस टायसन

 चित्र ३ का हुन  रिचर्ड फाइनम्यान

चित्र ४ का हुन  मिचिओ काकु 

 चित्र ५ की हुन  मैडम क्युरी 

चित्र ६ का हुन अल्बर्ट आइन्सटाइन 

चित्र ७ का हुन कार्ल सगन