भ्रमण वर्षकाे प्रचार-प्रसारकाे लागि  साइकल र्‍याली

भ्रमण वर्षकाे प्रचार-प्रसारकाे लागि  साइकल र्‍याली

लोकसंवाद संवाददाता  |  पर्यटन  |  कार्तिक २८, २०७६

 

काठमाडाै  । नेपाल सरकारले आगामी सन २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको अवस्थामा राष्ट्रिय-अन्तराष्ट्रिय रुपमा त्यसको प्रचार प्रसार तथा प्रवर्धनका लागि विभिन्न कार्यक्रमहरु आयोजना  गर्ने क्रममा  उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय प्रदेश नं ३ को आयोजना तथा पर्वतीय खेलकुद महासंघ-नेपालको संयोजनमा आगामी कार्तिक ३० गते काठमाण्डौँमा साइकल र्‍याली  (Ultimate Heritage Cycle Rally 2019)  काे आयोजना  गरिएको छ ।  

काठमाडाैकाे बसन्तपुर दरबार क्षेत्रबाट शुरु हुने सो र्‍याली ठमेल, स्वयम्भु परिक्रमा गर्दै पाटन दरबार क्षेत्र, पशुपतिनाथ क्षेत्र हुदै नेपाल पर्यटन बोेर्ड परिसर भृकुटीमण्डपमा पुगी विभिन्न घोषणाका साथ समापन हुने कार्यक्रम रहेकाे  कार्यक्रम संयोजक मेघराज पौडेलले जानकारी  दिनु भएकाे छ । 

संयोजक पौडेलका अनुसार साइकल र्‍यालीमा प्रदेश सरकारका महत्वपूर्ण व्यक्तित्वहरु, पर्यटन व्यवसायीहरु, शाहसिक खेल क्षेत्र र वातावरण क्षेत्रका व्यक्तित्वहरुको सहभागिता रहनेछ ।