महाअभियोग प्रस्ताव ठट्टा : ट्रम्प

महाअभियोग प्रस्ताव ठट्टा : ट्रम्प

लोकसंवाद संवाददाता  |  विदेश  |  कार्तिक २८, २०७६

आफूविरुद्ध प्रस्तुत गरिएको महाभियोग प्रस्तावअन्तर्गत अघि बढाइएको पहिलो सार्वजनिक सुनुवाइलाई अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ठट्टाको सङ्ज्ञा दिनुभएको छ ।

सुनुवाइका क्रममा एक अमेरिकी कूटनीतिज्ञले राष्ट्रपति ट्रम्पले आफ्ना प्रतिद्वन्द्वी जो बाइडनमाथि युक्रेनले गर्ने अनुसन्धानलाई प्राथमिकता दिएको आफूले सुनेको बताउनुभएको थियो ।

ट्रम्पमाथि आफ्ना राजनीतिक प्रतिद्वन्द्वी जो बाइडनविरुद्ध अनुसन्धान गर्न युक्रेनलाई दबाव दिन अमेरिकी सहायता रोकेको आरोप लागेको छ ।

आफ्नो विस्तृत सम्बोधनका क्रममा युक्रेनका लागि कार्यवाहक राजदूत बिल टेलरले आफ्ना एक जना सहयोगीलाई राष्ट्रपति ट्रम्प भूतपूर्व उपराष्ट्रपति बाइडनमाथि युक्रेनले अनुसन्धान गर्नुपर्ने विषयमा बढी केन्द्रित रहेको बताइएको जनाउनुभएको थियो ।

उहाँका अनुसार राष्ट्रपति ट्रम्पले बाइडनमाथि हुने भनिएको अनुसन्धानका विषयमा सोधपुछ गरिएको टेलिफोन संवाद ती कर्मचारीले छेउमा बसेर सुनेका थिए।

ह्वाइट हाउसमा बोल्दै राष्ट्रपति ट्रम्पले उक्त सुनुवाइलाई ठट्टाको सङ्ज्ञा दिनुभएको हो ।

ट्रम्पले भन्नुभयो, 'मैले एक मिनेट पनि त्यसलाई हेरेको छैन । किनभने म त्योभन्दा महत्त्वपूर्ण कामअन्तर्गत भेटघाटमा थिएँ । त्यहाँ भनिएका सबै कुरा बनावटी हुन् ।'