उपप्रमुख पराजुलीको ‘कुन गीत गाऊँ, कुन धून बजाऊँ’ म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

उपप्रमुख पराजुलीको ‘कुन गीत गाऊँ, कुन धून बजाऊँ’ म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  कार्तिक २८, २०७६

 काठमाडौँ । बेलबारी नगरपालिका, मोरङकी उपप्रमुख तारा पराजुलीद्वारा लिखित आधुनिक गीत ‘कुन गीत गाऊँ, कुन धुन बजाऊँ’को म्युजिक भिडियो सार्वजनिक गर्नु भएको छ । नायिक सन्चिता लुईंटेल र नायक नारायण डिसी अभिनित भिडियो बूढासुब्बा डिजिटल प्रा.लि.को युटुब च्यानलबाट सार्वजनिक  गरेकाे हो ।

चर्चित कविसमेत रहेकी उपप्रमुख पराजुलीको प्रेमप्रधान गीतमा भीम बिसीले सङ्गीत भरेका छन् भने सङ्गीत संयोजन महाराज थापाको रहेको छ । गायिका सरु गौतमको सुमधुर स्वर सजिएको गीतको भिडियो निर्देशन नारायण डिसी स्वयम्ले गरेका छन् । प्रेम कटवालको प्रस्तुति रहेको भिडियो उत्सव दाहालले छायाङ्कन र माधव बेल्बासेले सम्पादन गरेका हुन् ।

‘कुन गीत गाऊँ, कुन धुन बजाऊँ’ नामक म्युजिक भिडियो यहाँ सुन्न सकिन्छ ।