पूर्वी चीनमा आगलागी : ५ को मृत्यु, ३ घाइते

पूर्वी चीनमा आगलागी : ५ को मृत्यु, ३ घाइते

लोकसंवाद संवाददाता  |  विदेश  |  कार्तिक २९, २०७६

पूर्वी चीनको आन्हुई प्रान्तमा अवस्थित एक भवनमा शुक्रबार बिहान भएको आगलागीमा परी पाँच व्यक्तिको मृत्यु हुनुका साथै अन्य तीन घाइते भएका छन् । 

स्थानीय समयाअनुसार शुक्रवार बिहान ५ः५७ बजे यस आवासीय भवनको पहिलो तल्लाका पसलहरू जल्नुका साथै दोस्रो र भुइँको तल्लाको केही भागहरूमा आगो फैलिएको थियो । सो आगलागीमा १५० वर्ग मिटरसम्म फैलिएको स्थानीय स्रोतले शुक्रवार जनाएको छ । 

आगालागी भएको बेला उक्त भवनभित्र २५ व्यक्ति रहेका थिए । तीमध्ये आठ जनालाई उपचारका लागि अस्पताल लगिएको थियो । उपचारको क्रममा पाँचको मृत्यु भएको थियो । एक जनाको अति सघन कक्ष (आईसीयु)मा राखेर उपचार भइरहेको र सामान्य रूपमा घाइते भएका दुई जना उपचारपछि घर फर्किएको जनाइएको छ । 

स्थानीय समयानुसार शुक्रवार विहान ७ः५० मा उक्त आगलागी नियन्त्रणमा लिइएको र आगलागीको कारणबारे अनुसन्धान भइरहेको बताइएको छ ।