अफगानिस्तानमा ४ जिल्लास्तरीय प्रहरी अधिकृत मारिए

अफगानिस्तानमा ४ जिल्लास्तरीय प्रहरी अधिकृत मारिए

लोकसंवाद संवाददाता  |  विदेश  |  कार्तिक २९, २०७६

अफगानिस्तानको उत्तरी बाघ्लान प्रान्तमा जिल्ला प्रहरी प्रमुखसहित चार प्रहरी अधिकृत मारिएका छन् । तालिबानी लडाकुहरूले राखेको विद्युतीय धरापमा परी उनीहरूको शुक्रवार बिहान मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

'तखार प्रान्तमा पर्ने वार्साज जिल्लाका प्रहरी प्रमुख अफ्जाल हकिमी र उहाँका अरू तीन जना सहकर्मीको मृत्यु भएको छ', तखार प्रान्तको प्रान्तीय सरकारका प्रवक्ता जवाद हिजीरीले सिन्ह्वासँग भन्नुभयो । घटना भएको ठाउँ प्रहरी प्रमुख हकिमीको गृहजिल्ला जाने बाटोमा पर्छ । त्यो क्षेत्र तालिबान लडाकुहरूको बढी प्रभाव रहेको क्षेत्र मानिन्छ ।