राष्ट्रपति र प्रधानमन्त्रीबाट महिला भलिबल टोलीलाई बधाई

राष्ट्रपति र प्रधानमन्त्रीबाट महिला भलिबल टोलीलाई बधाई

लोकसंवाद संवाददाता  |  खेलकुद  |  कार्तिक २९, २०७६

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली राष्ट्रिय महिला भलिबल टोलीले एशियन सेन्ट्रल जोन भलिबल प्रतियोगितामा प्रथम स्थान प्राप्त गरी महिला भलिबलको अन्तर्राष्ट्रिय उपाधि दिलाई राष्ट्रको गौरव र प्रतिष्ठा अभिवृद्धि गर्न सफल भएकामा बधाई दिनुभएको छ ।

राष्ट्रपति भण्डारीले शुक्रवार ट्विट गर्दै थप प्रगतिका लागि टोलीप्रति शुभेच्छा पनि प्रकट गर्नुभएको छ । यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले पनि ट्विट गर्दै बङ्गलादेशको ढाकामा सम्पन्न प्रथम एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसीपको उपाधि विजेता बन्न सफल भएकामा नेपाली महिला भलिबल टोलीलाई बधाई दिनुभएको छ ।