युद्धप्रसाद मिश्र स्मृति पुरस्कार शर्मालाई

युद्धप्रसाद मिश्र स्मृति पुरस्कार शर्मालाई

लोकसंवाद संवाददाता  |  समाज  |  फाल्गुन ६, २०७५

काठमाडौ । युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानले दाङका प्रगतिवादी कवि नारायण शर्मा अधिकारीलाई युद्धप्रसाद मिश्र स्मृति पुरस्कार प्रदान गरेको छ । सोमबार राजधानीमा प्रतिष्ठानद्धारा आयोजित  कार्यक्रमा सो पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशी २० हजार रुपैया रहेको छ । कार्यक्रम प्रगतिवादी कवि वासुदेव अधिकारी  सो पुस्कार शर्मालाई हस्तान्तरण गरेका थिए । 

कार्यक्रममा मिश्रमाथि अनुसन्धान गरेका र उनकै विषयमा विद्यावारिधि समेत गरेका डा. पशुपतिनाथ तिमल्सिनाले मिश्रलाई प्रथम गणतन्त्रवादी कवि घोषणा गर्न माग समेत गरेका थिए  । उनले मिश्रको कविताकृित र समग्र साहित्यमा उनले पुर्‍याएको योगदानको बारेमा चर्चा गर्दै प्रथम गणतन्त्रवादी कवि घोषणा गर्न माग गरे । कार्यक्रमा प्रतिष्ठानका अध्यक्ष अनिल पौडेलले मिश्रलाई प्रथम गणतन्त्रवादी कवि घोषणा गर्न प्रतिष्ठानले अगुवाई गर्ने र त्यसमा  सबै साहित्यकारहरुले सहयोग गर्न आग्रह गरे । कार्यक्रममा डा. जिवेन्द्रदेव गिरी, डा.लेख निरौला, डा. बालचन्द्र मिश्र,कमल मिश्र लगायतका वत्ताहरुले मिश्रको योगदानबारे चर्चा गरेका थिए ।