'धर्मका मानिसले इजरायलको भविष्य निर्धारण गर्न पाउनुपर्छ' : इरानी नेता खमेनी

'धर्मका मानिसले इजरायलको भविष्य निर्धारण गर्न पाउनुपर्छ' : इरानी नेता खमेनी

लोकसंवाद संवाददाता  |  विदेश  |  मंसिर १, २०७६

इरानका सर्वोच्च नेता अयतोल्लाह अली खमेनीले भन्नुभएको छ, ‘इरान यहुदीलाई विनाश गर्न चाहँदैन तर सबै धर्मका मानिसले इजरायलको भविष्य निर्धारण गर्न पाउनुपर्छ ।'

सन् १९७९ मा इस्लामिक क्रान्तिपछि इरानले इजरायललाई मान्यता दिन इन्कार गर्‍यो । उसले प्यालेस्टाइनी चरमपन्थीको समर्थन गर्छ । इजरायलले लामो समयदेखि भनिरहेको छ कि इरान उसलाई विनाश गर्न चाहन्छ र मध्यपूर्वमा उसले आफूलाई प्रमुख दुश्मन मानेको छ ।

तेहरानमा एउटा इस्लामिक सम्मेलनमा खमेनइले भन्नुभयो, ‘एउटा देशका रूपमा इजरायललाई विनाश गर्नुको अर्थ यहुदीहरूलाई समाप्त पार्नु होइन । यसको आसय प्यालेस्टाइनी, चाहे ती मुसलमान हुन् वा इसाइ या यहुदी, उनीहरूले आफ्नो सरकार चुन्न पाउनुपर्छ भन्ने हो ।’ खमेनीले पश्चिमी शक्तिको उसको परमाणु कार्यक्रम रोक्ने कुराका लागि आलोचना पनि गर्नुभयो ।
खमेनीले भन्नुभयो, ‘असैन्य परमाणु ऊर्जाको आवश्यकत सबै देशलाई छ तर पश्चिमका देशहरू यसमा एकाधिकार चाहन्छन् । पश्चिमका मानिसहरूलाई थाहा छ कि हामीलाई परमाणु हतियार चाहिँदैन किनकि हाम्रो धार्मिक सिद्धान्तले पनि यसलाई अनुमति दिँदैन ।’

अमेरिकालाई लागेको छ कि इरानले परमाणु बम बनाउन वर्षौंदेखि काम गरिरहेको छ र यसकै कारण अमेरिकाले इरानमाथि कडा आर्थिक प्रतिबन्ध लगाइरहेको छ ।
सन् १९७९ मा इरानको क्रान्तिले कट्टरपन्थीहरूलाई सत्तामा पुग्ने अवसर दियो । त्यसबेलादेखि नै इरानी नेता इजरायललाई मेटाउने कुरा गरिरहेका छन् । इरानले इजरायलको अस्तित्व स्वीकार गर्दैन र उसले भनिरहेको छ कि इजरायलले मुसलमानहरूको जमिन अवैध रूपले कब्जा गरिरहेको छ ।