चिलीकी लोकप्रिय गायिका लाफर्तेद्वारा स्तनमा लेखेको देखाएर विरोध

चिलीकी लोकप्रिय गायिका लाफर्तेद्वारा स्तनमा लेखेको देखाएर विरोध

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  मंसिर १, २०७६

चिलीकी गायिका मोन लाफर्ते लातिन ग्रामी शोका क्रममा टपलेस बन्नुभयो । उहाँले सरकारविरोधी प्रदर्शनलाई समर्थन गर्दै उनी टपलेस बन्नुभएको हो ।

लस भेगासमा जब ३६ वर्षीया गायिका तथा गीतकार लाफर्ते रेड कार्पेटमा अवार्ड समारोहका लागि आइपुग्नुभयो, उहााले चिलीमा प्रहरीको क्रूरताको विरोधका लागि त्यसो गरेको बताउनुभयो ।

रेड कार्पेटमा हिँड्दै गर्दा रोकिएर उहाँले कालो ज्याकेट फुकाल्नुभयो र आफ्नो छातीमा लेखिएको देखाउनुभयो । लेखिएको थियो- चिलीमा उनीहरू बलात्कार, प्रताडित गर्दै मान्छेहरूलाई मारिरहेका छन् । चिलीमा मानिसहरू एक महिनाभन्दा लामो समयदेखि सरकारी उपेक्षा र आर्थिक असमानताका विरुद्ध प्रदर्शन भइरहेको छ ।

यी विरोध प्रदर्शनमा २० भन्दा बढी मानिसको मृत्यु भएको छ । तीमध्ये ५ जनाको हत्या सुरक्षाकर्मीका हातबाट भएको हो । सुरक्षाकर्मीमाथि बलात्कार, प्रताडना र हिंसा भड्काएको गंभीर आरोप लागेको छ ।

प्रहरीका तर्फबाट पेलेट गनको प्रयोग गरेर सयौँ मानिसको आँखा गुमाइदिएका छन् । हजारौँ मानिसलाई गिरफ्तार पनि गरिएको छ । यद्यपि, उनीहरूलाई केही समयपछि रिहा गरियो ।