काठमाण्डौँमा हेरिटेज साईकल र्‍याली

काठमाण्डौँमा हेरिटेज साईकल र्‍याली

लोकसंवाद संवाददाता  |  पर्यटन  |  मंसिर १, २०७६

काठमाण्डौँ । नेपाल सरकारले आगामी सन २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको अवस्थामा राष्ट्रिय-अन्तराष्ट्रिय रुपमा त्यसको प्रचार प्रसार तथा प्रवर्धनका लागि विभिन्न कार्यक्रमहरु आयोजना भईरहेका सन्दर्भमा, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय प्रदेश नं ३ को आयोजना तथा पर्वतीय खेलकुद महासंघ-नेपालको संयोजनमा आज कार्तिक ३० गते काठमाण्डौँमा साइकल र्‍याली (Ultimate Heritage Cycle Rally 2019)  समपन्न भएको छ ।  

र्‍यालीको  शुभारम्भ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माननीय अरुण नेपालले साईकल चढी गर्नु भएको थियो । बसन्तपुर दरबार क्षेत्रबाट शुरु सो र्‍याली ठमेल, स्वयम्भु परिक्रमा गर्दै पाटन दरबार क्षेत्र, पशुपतिनाथ क्षेत्र हुदै नेपाल पर्यटन बोेर्ड परिसर भृकुटीमण्डपमा पुगी प्रमाण-पत्र वितरणका साथ समापन भयो ।

राष्ट्रिय खेलकुद परिष्दका उपाध्यक्ष श्री पीताम्बर तिम्सिनाले सहभागीहरुलाई प्रमाण-पत्र प्रदान गर्नु भयो । 

सो साइकल र्‍यालीमा प्रदेश सरकारका महत्वपूर्ण व्यक्तित्वहरु, पर्यटन व्यवसायीहरु, शाहसिक खेल क्षेत्र र वातावरण क्षेत्रका व्यक्तित्वहरु लगायत ५०० जनाको सहभागिता रहको थियो ।