आज पूर्ण चन्द्र

आज पूर्ण चन्द्र

लोकसंवाद संवाददाता  |  ज्ञानविज्ञान  |  फाल्गुन ७, २०७५


आज फेब्रुअरी १९, नेपाली क्यालेन्डर अनुसार फागुन ७ गते ।  

गत जनवरी २१ अर्थात् माघ ७ गते ‘पुस शुक्ल पूर्णिमा’देखि प्रारम्भ भएको श्री स्वस्थानी व्रत कथा आज नै समापन हुँदैछ । आज अर्थात् ‘माघ शुक्ल पूर्णिमा’मा । 

यस पटकको यी दुवै पूर्णिमा खगोल विज्ञानका अनुसार विशेष रहे । यी पूर्णिमामा चन्द्रमा र पृथ्वीको दुरी औसतभन्दा कम्ती रहेको थियो । खगोल विज्ञानमा दुरी कम हुँदाको पूर्णिमालाई ‘सुपर फुलमुन’ भनिन्छ । 
गत माघ पूर्णिमामा चन्द्रमा पृथ्वीदेखि ३ लाख ५७ हजार ३ सय ४२ किमि टाढा थियो भने आज चन्द्रमा र पृथ्वीको दुरी घटेर ३ लाख ५६ हजार ७ सय ६१ किमि मात्रै छ । यो नै यस वर्षको सबैभन्दा छोटो दुरी हो । 

तपाईँले आजको ‘सुपर फुलमुनि’ हेर्न छुटाउनुभयो भने अर्को वर्षको मार्च ९ सम्म पर्खिनुपर्ने हुन्छ । 

आजको चन्द्रमा अन्य पूर्णिमाको तुलनामा १५ प्रतिशत जति ठुलो र २७ प्रतिशत चम्किलो हुन्छ । 

फेब्रुअरीमा चन्द्रमाको यात्रा चित्र बमोजिम रह्यो । ४ तारिखमा नयाँ यात्रा सुरु भयो । १२ तारिखमा एक चौथाइ (फस्ट क्वार्टर) चन्द्रमा देखियो । १९ तारिखमा आज पूर्ण चन्द्र र २४ तारिखमा चन्द्रमा पुनः एक चौथाइ (लास्ट क्वाटर) देखिनेछ । यसै गरी ५ मार्चमा चन्द्रमाको नयाँ यात्रा प्रारम्भ हुन्छ ।