राष्ट्र बैंकले तीन अर्ब ८५ करोड ५० लाखको ट्रेजरी बिल बिक्री गर्ने

राष्ट्र बैंकले तीन अर्ब ८५ करोड ५० लाखको ट्रेजरी बिल बिक्री  गर्ने

लोकसंवाद संवाददाता  |  कारोबार  |  मंसिर १, २०७६

काठमाडौँ । नेपाल राष्ट्र बैंकले तीन अर्ब ८५ करोड ५० लाख (३८५‍‍‍.५० करोड) बराबरको ट्रेजरी बिल बिक्री गर्ने  जनाएको छ । 

 नेपाल राष्ट्र केन्द्रीय बैंकका अनुसार सोमबार उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । बैंकका अनुसार ट्रेजरी बिल बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागिएको हो । बैंकका अनुसार  दुई अर्ब ट्रेजरी बिल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको हो । 

आगामी फागुन ६ गते उक्त बिल परिपक्व हुनेछ । यस्तै रु एक अर्ब ८५ करोड बराबरको ट्रेजरी बिल १८२ दिने अवधिको छ । सो बिल आगामी जेठ ६ गते परिपक्व हुनेछ । यसअघि बैंकले गत कात्तिक २५ गते पनि ट्रेजरी बिल बिक्री गरेको थियो ।