भारतीय नागरिक सत्यनारायण प्रसाद नगद, चेक र भारतीय रुपयाँ सहित पक्राउ

भारतीय नागरिक सत्यनारायण प्रसाद नगद, चेक र भारतीय रुपयाँ सहित पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  मंसिर १, २०७६

काठमाडौँ । अवैध हुण्डी कारोवार गरेको आरोपमा प्रहरीले काठमाडौँको कुलेश्वरबाट भारतीय नागरिकलाई  ठूलो रकमसहित पक्राउ गरेको छ । पक्राउपर्नेमा भारत बेतिया घर भएका सत्यनारायण प्रसाद रहेको महानगरीय प्रहरीवृत्त कालिमाटीका प्रहरी नायब उपरीक्षक रुगम कुँवरले जानकारी दिनुभयो ।

आरोपीत सत्यनारायण प्रसादको कोठामा छापा मार्दा  ३६ लाख नगद, साट्न राखेको ३७ लाख पाँच हजारको चेक र एक लाख १९ हजार भारतीय रुपैयाँ बरामद गरिएको  प्रहरीले जानकारी दिएकाे  छ ।  पैसा र चेकसहित  थप कारवाहीका लागि राजस्व अनुसन्धान विभाग ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।