‘जाली माया...’ बाेलकाे  म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

‘जाली माया...’ बाेलकाे  म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  मंसिर २, २०७६

अभि जिसीको स्वरमा रहेको गीत ‘जाली माया...’ बाेलकाे  म्युजिक भिडियो सार्वजनिक भएको छ ।

अभी कै शब्द/सङ्गीत र योगेश काजीको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
किशन अर्याल ‘कृष्ण’को निर्देशन रहेको गीतको भिडियोमा रोहित जिसी र रबिना भण्डारीको अन स्क्रिन रोमान्स रहेको छ ।

मुकेश हुमागाईंको छायाँकन रहेको भिडियोलाई प्रकाश एसकेको सम्पादन गरेका छन् ।
गीत जति राम्रो छ गीतको भिडियो पनि उत्कृष्ट बनेको छ । केही चलचित्रमा सहायक निर्देशन र विभिन्न म्युजिक भिडियोमा निर्देशन गरेका किशनले यो म्युजिक भिडियोमा राम्रो बनाउने प्रयास गरेको बताउँनु भएकाे छ । 
मोफसल रुपन्देहीको मुर्गियामा रहेर गीत सङ्गीतमा सक्रिय रहेका अभीको सार्वजनिक यो पहिलो गीत हो । ‘हामीले एउटा राम्रो गीत स्रोता/दर्शकमाझ पस्किने प्रयास गरेका छौ, सबैको माया पाउँनेमा आशावादी छौ’, अभीले भने । 

‘जाली माया...’ बाेलकाे  म्युजिक भिडियो यहाँ हेर्न सकिन्छ