मन्त्रिपरिषद् पुनर्गठन हुँदै

मन्त्रिपरिषद् पुनर्गठन हुँदै

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर २, २०७६

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको बैठकले मन्त्रिपरिषद् पुनर्गठनको सैद्धान्तिक निर्णयसँगै मंगलवारभित्र मन्त्रिपरिषद् हेरफेर हुने स्रोतले जनाएको छ ।

अध्यक्षद्वयको प्रस्तावमा सचिवालयले मन्त्रिपरिषद् पुनर्गठनको सैद्धान्तिक सहमति जनाएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्रिपरिषद् पुनर्गठन गर्ने अधिकार बैठकले दिएको छ । हटाउने र नयाँ मन्त्रीको टुंगो भने अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'ले लगाउनुहुनेछ । 

मन्त्रिपरिषद् पुनर्गठनपछि मात्र अध्यक्षको कार्यविभाजन पनि टुंगो लाग्ने बताइएको छ ।