२० अर्बमा पानी नचाहिने स्मार्ट चर्पी  बिल गेट्सले निर्माण गरे

२० अर्बमा पानी नचाहिने स्मार्ट चर्पी  बिल गेट्सले निर्माण गरे

लोकसंवाद संवाददाता  |  विदेश  |  मंसिर २, २०७६

काठमाडौं, एजेन्सी । विश्वका धनि व्याक्ति तथा माइक्रोसफ्टका संस्थापक बिल गेट्सले पानी बिनाकै चर्पीको निर्माण गरेकाे  छन् ।

२०७६ कात्तिक २६ गते मंगलबार चीनको बेइजिङमा भएको चर्पीहरुको प्रर्दशनीको उद्घाटन  समाराेहलाई सम्बाेधन गर्दै   अब साधारण ट्वाइलेटभन्दा स्मार्ट ट्वाइटेको जमाना आयो जहाँ पानी नै भइकन पनि दिसा बस्न  सक्ने छ,  साथै मलमूत्रलाई मलको रुपमा प्रयोग सकिने जानकारी दिएका छन् ।

बिल गेट्स बिल एण्ड मेलिण्डा गेट्स फाउण्डेशनका अध्‍यक्षसमेत रहेका छन्  ।

बिल गेट्सका अनुसार उक्त चर्पीकाे प्‍यानलाई प्राविधिक रुपमा निर्माण गरिएको छ, जहाँ मानव मलमूत्रलाई मलको रुपमा रुपान्तरण गर्न सकिने प्रविधिकाे विकास गरिएकाे छ। साथै त्यसलाई केमिकल हालेर तरल र ठोस रुपमा समेत मलको रुपमा प्रयोग गर्न सक्ने जानकारी दिएका छन्।

उनले उक्त चर्पी निर्माण गर्नुको कारण उल्लेख गर्दै सरसफाइको लागि आफै परिवर्तनकारी भूमिका निभाउनु जरुरी छ। अहिले विश्‍व स्मार्ट हुन थालिसकेको छ। तर मैले अहिले पनि चर्पी भने उही पुरानो रुपमा देखिरहेको महसुस गरिरहेको छु। त्यसकारण मैले चर्पी पनि स्मार्ट होस भनेर चर्पी टेक्नोलोजी ल्याउने प्रयास गरेको जानकारी  दिएका छन् ।

चर्पी नर्माणका  लागि  बिल एण्ड मेलिण्डा गेट्स फाउण्डेशनले २० अर्ब लगानी गरेको जानाकारी दिएकाे छ। चर्पी प्रर्दशनीमा बोल्दै गेट्सले ‘सरसफाइमा प्रत्‍येक पाँच वर्षमा बालबालिकाले चर्पीबाट निस्कने लाखौं किटाणुको सिकार भइरहेको तथ्यांक दिएका छन्। त्यसको लागि आफ्नो संस्थाले यो स्मार्ट चर्पीको लागि २० अर्ब रुपैयाँ लगानी छुट्याएको जानबारी दिएका छन् ।