दम खोकी दिवसमा स्वास्थ्यकर्मीद्वारा विविध कार्यक्रम

दम खोकी दिवसमा स्वास्थ्यकर्मीद्वारा विविध कार्यक्रम

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  मंसिर ४, २०७६

काठमाडौँ । विश्व दम खोकी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम सहित मनाइएको छ । हरेक वर्ष २० नोभेम्बर २० का दिन यो दिवस मनाउँदै आएको छ । 

विश्व दम खोकी दिवस पारेर सिनामंगल स्थित काठमाडौँ मेडिकल कलेज मेडिसिन विभागको आयोजनामा २०७६ मङ्सिर ४ गते बुधवार एक प्रभात फेरीको आयोजना गरिएको थियो । कलेजको प्राङ्गणबाट शुरुभएको विभिन्न प्लेकार्ड सहित सुरु भएको प्रभात फेरी सिनामंगल चोक तीनकुने, सिनामंगलचोक हुँदै सिनामंगल स्थित भत्केको पुल पुगेर पुनः कलेजमा नै पुगेर टुङिगएको थियो । 

प्रभात फेरी प्रश्चात कलेजको लेक्चर हलमा एक कार्यक्रमको समेत आयोजना गरी दम खोकीको बारेमा विभिन्न जानकारी गराइएको थियो । सहायका प्राध्यापक डा.निमेष पौडेलले स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रा.डा.डिबी कार्कीले दम खोकी रोगको इतिहास र विश्वमा यो रोगको उपचारमा योगदान गर्ने विशिष्ट महानुभावको बारेमा जानकारी दिनु भएको थियो भने दम खोकी रोगको वर्तमान अवस्थाको बारेमा डा. नवीनकुमार मिश्रले प्रस्तुति दिनु भएको थियो ।कार्यक्रमलाई प्रा.डा अर्पणा न्यौपानेले सम्बोधन गर्नुभएको थियो  । प्रभात फेरीदेखि कार्यक्रममा कलेजका प्राध्यापक, सहायक प्राध्यापक, डाक्टर, कर्मचारी र विद्यार्थीहरूको सहभागिता रहेको थियो ।