लाफा ब्याडमिन्टन पुस ५ र ६मा बुटवलमा

लाफा ब्याडमिन्टन पुस ५ र ६मा बुटवलमा

लोकसंवाद संवाददाता  |  खेलकुद  |  मंसिर ६, २०७६

रुपन्देही । लाफा समूहको आयोजनामा बुटवलमा दोस्रो खुल्ला तथा भेट्रान्स पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।

आगामी पुस ५ र ६ गते हुने उक्त प्रतियोगितामा करिब १०० समूह सहभागी आयाेजकले जनाएका छन् ।

बुटवलमा २०७६ म‌ंसिर ५ गते बिहिबार आयोजित पत्रकार सम्मेलनमा लाफा समूहका अध्यक्ष तारासिंह रेश्मीले दुई इभेन्टमा खेलाइने सो प्रतियोगिताको खुलातर्फको विजेता समूहले  ५१ हजार १११, दोस्रो हुने समूहले  ४१ हजार १११ तथा तेस्रो हुनेले  ३१ हजार १११ पुरस्कार प्राप्त गर्नेछ ।

यस्तै भेट्रान्सतर्फ उपाधि विजेता टोलीले २१ हजार १११, दोस्रो हुनेले १५ हजार १११ तथा तेस्रो हुने टोलीले १० हजार १११ पुरस्कार प्राप्त गर्नेछ ।

प्रतियोगिताका उत्कृष्ट खेलाडीलाईसमेत पुरस्कृत गरिने संयोजक पुरन गाहाले जानकारी दिनुभयो ।