टी १० लिगः  पारस खड्का र सन्दीप लामिछानेको टिम एक आपसमा भिड्दै

टी १० लिगः  पारस खड्का र सन्दीप लामिछानेको टिम एक आपसमा भिड्दै

लोकसंवाद संवाददाता  |  खेलकुद  |  मंसिर ६, २०७६

काठमाडाैं । युएईमा जारी टी १० लिग क्रिकेट प्रतियोगितामा नेपालका खेलाडीद्वय पारस खड्का र सन्दीप लामिछानेको टिम एक आपसमा भिड्ने भएका छन् ।

लगारतार टिममा परिरहेका सन्दीप र दुई खेलमा मात्रै मौका पाएका पारस बिचको खेल नेपाली समय अनुसार राति पौने १० बजेदेखि सुरुहुने छ ।

पारसले २ खेलमा नट आउट चार रन लिएका छन् भने सन्दीपले अहिलेसम्म ६ विकेट लिएका छन् । टी १० को पहिलो खेलमा एक विकेट लिएका सन्दीपले दोस्रो खेलमा २ विकेट लिएका थिए । अंकतालिका अनुसार अवुधावीले पाँच खेलबाट चार अंक जोडेको छ। जारी प्रतियोगितामा एक खेलमा मात्रै जित हासिल गरेको अवुधावीले एक खेल बराबरी खेलेको छ भने दुई खेलको नतिजा विपक्षीलाई सुम्पिएको छ। यस्तै, अवुधावीको एक खेल रद्द भएको छ।

तेस्रो खेलमा भने टी १० कै सर्वाधिक महँगो बलर बने । उक्त खेलमा विकेट विहिन बनेका सन्दीपले ३५ रन खर्चिएका थिए । चौथो खेलमा १ विकेट हात पारेका सन्दीपले पाँचौं खेलमा भने २ विकेट लिए ।

पाँचौं खेलमा उनको ब्याटबाट ५ रन पनि बनेको थियो । उता पारसले पहिलो खेलमा १ रन तथा दोस्रो खेलमा ३ रनमा नट आउट रहेका थिए ।