‘पागलपन्थी’लाई खराब प्रतिक्रिया, बिचमै बाहिरीए दर्शक

‘पागलपन्थी’लाई खराब प्रतिक्रिया, बिचमै बाहिरीए दर्शक

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  मंसिर ६, २०७६

काठमाडाैं । आज देखि बलिउड चलचित्र ‘पागलपन्थी’ रिलिज भएको छ । जोन अब्राहम, अनिल कपुर, पुलकित सम्राट, उर्वशी ढोलकिया, कृती खरबन्दा जस्ता कलाकारको अभिनय रहेको चलचित्र  ‘पागलपन्थी’ लाई लिएर दर्शकहरुमा उत्साह कम देखिएको छ ।


पागलपन्थी लाई लिएर दर्शकहरु निकै उत्साहित भए पनि चलचित्र हेरेपछि भने दर्शकहरुले खराब प्रतिक्रिया दिएका छन् ।

बलिउडका ट्रेडहरुले पनि यसलाई निकै नै खराब चलचित्र भनेका छन् । भारतमा समेत चलचित्रको एडभान्स बुकिङ राम्रो छैन। बिहानी शोमा पनि दर्शकको उपस्थिती निकै कम देखिएको छ ।

समिक्षक र दर्शकको खराब प्रतिक्रिर्या चलचित्रको बक्सअफिसमा पर्ने निश्चित छ ।

पछिल्लो समय राष्ट्रियताको कथामा बनेका चलचित्रमा बढी केन्द्रित नायक जोन अब्राहिम यसपटक भने उनले कमेडी जनराको कथामा काम गरेका छन् । तर, उनका लागि आफ्नो रोजाई भने गलत साबित हुने देखिएको छ ।