अमेरिकी राष्ट्रपति ट्रम्प र पाकिस्तानी प्रधानमन्त्री इमरान बीच फोनवार्ता

अमेरिकी राष्ट्रपति ट्रम्प र पाकिस्तानी प्रधानमन्त्री इमरान बीच फोनवार्ता

लोकसंवाद संवाददाता  |  विदेश  |  मंसिर ६, २०७६

कठमाडाैँ, एएनआइ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र पाकिस्तानका प्रधानमन्त्री इमरान खानबीच बिहीबार राती टेलिफोन वार्ता भएको छ । 

यस वार्तामा प्रधानमन्त्री खानले अफगानिस्तानका लागि अफगान शान्ति र मेलमिलाप प्रक्रियाको प्रगतिमा इस्लामाबादको प्रतिबद्धता पुनः व्यक्त गर्नु भएको छ ।

पाकिस्तानको प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार ट्रम्पले पाकिस्तानलाई अमेरिकी र अष्ट्रेलियाका  प्राध्यापक केभिन किङ् र तिमोथी वीकसलाई रिहागर्न सहयोग पुर्‍याएकोमा पाकिस्तानले गरेको प्रयासको लागि धन्यवाद दिनुभएको छ । 

यी दुई प्राध्यापकलाई गत तीन वर्षयता तालिबान लडाकू समूहले अपहरण गरेका प्रधानमन्त्री कार्यालयद्धारा जारी विज्ञप्तिमा जनाइएको छ । 

ती दुई प्राध्यापकलाई तालिबानले उक्त समूह र अफगान सरकारबीच भएको एक सम्झौताअनुसार रिहा गरेका थिए ।  सोही सम्झौताअनुसार सोमबार साँझ अनास हक्कानीसहित तीन आतङ्कवादीलाई बग्राम जेलबाट रिहा गरिएको थियो । 

सन् २०१६ मा काबुलमा अवस्थित अमेरिकी विश्वविद्यालयबाहिर ती प्राध्यापकहरूलाई अपहरण गरिएको थियो, जहाँ दुवै प्राध्यापकले प्राध्यापन गर्ने गर्दथे ।  

अफगानिस्तान सरकारले रिहा गरेका ती आतङ्ककारीहरू हक्कानी नेटवर्क समूहका प्रमुख सदस्य अनस हक्कानी तथा वरिष्ठ तालिबानी सदस्यहरू हाजी माली र अब्दुल रशीद हुन् ।

 यस बाहेक अन्य द्विपक्षीय र क्षेत्रीय मुद्दाहरुका विषयमा पनि नेताबीच छलफल भएको समाचारमा जनाइएको छ ।