राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा रमेश बीजी

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा रमेश बीजी

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  मंसिर ९, २०७६

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा रमेश बीजी विजयी हुनुभएको छ । अध्यक्षका अर्का प्रत्यासी विष्णु खत्रीलाई पराजित गर्दै उहाँ विजयी हुनुभएको हो ।

बीजीले ५८४ मत ल्याउँदै विजय हासिल गर्दा खत्रीले ५४५ मत प्राप्त गर्नुभएको थियो ।

राजु ढकाल प्रतिष्ठानको कोषध्यक्षमा निर्वाचित हुनुभएको छ । तारापति सुवेदीलाई पराजित गर्दै ढकालले ७३५ मत लयाउनुभयो भने सुवेदीले ३७२ मत प्राप्त गर्नुभएको थियो ।

सहकोषध्यक्षमा ईश्वरीप्रसाद भुसाल, प्रशासनिक सचिवमा कृष्ण रेउले निर्वाचित हुनुभएको छ भने सचिव खुलामा जीवन दाहाल, रमेशराज भट्टराई, कुलेन्द्र विश्वकर्मा, हरि डाँगी, प्रचण्ड जीसी, वसन्त थापा र पुष्कल शर्मा गरी सात जना विजयी हुनुभएको छ ।

महिला केन्द्रीय सदस्यमा सम्झना लामिछाने मगर, जानकी तारमी मगर, अञ्जली अधिकारी, जुना श्रीष मगर, अमृता लुंगेली मगर, सरला पाण्डे र सीता राना विजयी हुनुभएको छ ।

खुला केन्द्रीय सदस्यमा देवी घर्ती, पी.एन. सापकोटा, प्रकाश सपुत, पुरुषोत्तम भण्डारी, प्रकाश भट्ट, याम क्षेत्री, विमल अधिकारी, महेन्द्र गौतम, दीपक गरौजा मगर, सागर गुरुङ, विक्रम थापा र युवराज मगर विजयी हुनुभएको बताइएको छ ।