ज्याकेटमा साउदी राजकुमार, सामाजिक स‌ंजालमा भाइरल

ज्याकेटमा साउदी राजकुमार, सामाजिक स‌ंजालमा भाइरल
बीबीसीबाट

लोकसंवाद संवाददाता  |  विदेश  |  मंसिर ९, २०७६

साउदी अरबका राजकुमार मोहम्मद बिन सलमान सामाजिक संजालमा एकाएक चर्चामा आउनुभएको छ । कारण थियो, एउटा ज्याकेट, जुन उहाँले रियादमा फर्मूला ई रेसको एउटा इभेन्टमा लगाउनुभएको थियो ।

उक्त ज्याकेट बेलायती ब्राण्डको थियो , उहाँले अरबी भाषामा उहाँको ट्विटर ह्याण्डलमार्फत् एउटा ह्यास ट्याग सुरु गर्नुभयो, जसको अर्थ थियो– राजकुमारको ज्याकेट ।

यसपछि मिडियामा मोहम्मद बिन सलमानको यो नयाँ ‘लुक’को प्रशंसा सुरु भयो ।

सलमानले आफ्नो परंपरागत सेतो पोसाकमाथि उक्त ज्याकेट लगाउनुभएको थियो र mसाथमा एभिएटर सनग्लास र स्पोटर््स जुत्ता । यसले मध्यपूर्व र पश्चिमी पहिरनको झल्को दिन्थ्यो ।

एक जना सामाजिक संजाल प्रयोगकर्ताले अनलाइनमा खोजेर लेखेका छन्, ‘यो यसको सबैभन्दा ठूलो विज्ञापन हो ।’ नभन्दै केहीबेरमै उक्त ज्याकेट ठूलो संख्यामा बिक्री भएको बताइयो ।

क्तिपयले त उक्त ज्याकेट किन्ने उत्सुकता देखाइरहेका छन् ।

इसअघि पनि सलमान आफ्नो वस्त्रका कारण चर्चामा आइसक्नुभएको थियो । सन् २०१६ मा अमेरिकामा फेसबुकका संस्थापक मार्क जुकरवर्गसँगको भेटमा उहाँ सर्ट, ब्लेजर र जिन्समा देखिनुभएको थियो ।

सन् २०१६ मै अमेरिका भ्रमणका क्रममा उहाँले पहिला वासिंटनमा अमेरिकी राष्ट्रपति बाराक आवामा र अन्य वरिष्ठ अधिकारीहरूसँग भेट गर्नुभएको थियो । यसपछि उहाँले माइक्रोसफ्टका सत्य नडेला र फेसबुक संस्थापक मार्क जुकरवर्गसँग भेट गर्नुभएको थियो ।

भनिन्छ, राजकुमार सलमान सिलिकन भ्यालीसँग बलियो सम्बन्ध राख्ने पक्षमा हुनुहुन्छ । यो पनि भनिन्छ कि यी भेटघाटको उद्देश्य साउदी अरबको ‘भिजन २०३०’ का लागि हाई टेक क्षेत्रलाई त्यहाँ स्थापित गर्ने हो ।

यद्यपि, सलमानले बाहिरी विश्वलाई एउटा ‘उदार’ सन्देश दिन चाहनुभएको देखिन्छ ।

उहाँको एउटा अर्को तस्वीर पनि चयिर्चत भयो, जब उहाँ साउदी अरबमै एउटा पहाडमा वरिष्ठ मन्त्रीका साथमा टीसर्ट र सर्टमा देखिनुभएको थियो ।

सलमानले साउदीमा केही सुधारका प्रयास गर्नुभएको छ । त्यसमा चलचित्र, कन्सर्ट र महिलालाई ड्राइभिङमा प्रतिबन्ध हटाउनु मुख्य रहेका छन् ।

यद्यपि, केही आलोचकहरू भने यसलाई जनसंपर्कको एउटा साधारण कार्य मात्र भन्छन् । उनीहरू भन्छन् कि राजकुमारले सत्ता प्राप्त हुनासाथ राजनीतिक विरोधका आवाजलाई दबाउनुभएको छ ।