सिजन आफ्नो टिमले जित्ने अनुपविक्रमको दावी

सिजन आफ्नो  टिमले जित्ने अनुपविक्रमको दावी

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  मंसिर १०, २०७६

काठमाडाैं । प्रशारणको तयारीमा रहेको ‘हिमालय रोडिज’को तेस्रो सिजन गएका दुई सिजन भन्दा बिल्कुलै फरक रहेको टेलिभिजनले बताउँदै आएको छ । गत दुई सिजनमा ग्याङ्ग लिडर थिएनन् । तर, यस वर्षबाट भने ४ जना ग्याङ्ग लिडर हुने छन् र ग्याङ्ग–ग्याङ्ग बीचमा भिडन्त हुनेछ । यो सिजनमा ग्याङ्ग लिडर बन्नको लागि आशिष राना ‘लाउरे’, दिया मास्के, पहिलो सिजनका विजेता समन श्रेष्ठ र नायक अनुपविक्रम शाही चुनिएका छन् । 

यस अघिका सिजनमा निर्णायकमा रेमन, आशिष र दिया थिए भने यो सिजनबाट अनुपविक्रर्म पनि रोडिजको परिवार मा सामेल भए्रका छन् । उक्त रियालिटी शोको परिवार बन्न पाएकोमा अत्यन्तै खुसी भएको अनुप बताउँछन् । अनुप भन्छन, ‘रोडिज आफैमा एउटा उत्कृष्ट रियालिटी शो हो । साहसिक शोका रुपमा हेरिने रोडिजको बिषयमा धेरै बोलिरहन जरूरत नै छैन । मलाई यसको ग्याङ्ग लिडर बन्न लायक देखेर शो मा सामेल गराउनु भएकोमा रोडिज परिवारलाई धन्यवाद दिन चाहन्छु ।’

रोडिज अनुपलाई मन पर्ने रियालिटी शो हो । उनले भने, ‘मैले रोडिज हेर्न गर्दथे’ । अहिले, आफू नै यसको सदस्य बन्दा निकै मिहिनेत पनि गरेको छु, साथै खुशि पनि छु । हामीले दर्शकको आशालाई पूरा गर्ने प्रयास गरेका छौं ।’ अरु ग्याङ्ग लिडर अनुभवी भएकाले पनि आफूलाई चुनौती भएको अनुप बताउँछन् ।

‘टिम रेड’का ग्याङ्ग लिडर रहेका अनुपको अडिसन अनुभव पनि राम्रो रह्यो । अडिसनबाट आफ्नो टिममा परेका प्रतियोगीहरुबाट अनुप खुसी छन् । हिमालय रोडिजको तेस्रो सिजन आफ्नै टिमले जित्ने अनुपको विश्वास छ ।