कार्कीद्वारा एकताकाे पढाइका लागि एक लाखभन्दा बढी खर्च प्रदान

कार्कीद्वारा एकताकाे पढाइका लागि एक लाखभन्दा बढी खर्च प्रदान

लोकसंवाद संवाददाता  |  शिक्षा  |  मंसिर १०, २०७६

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआइ)का केन्द्रीय सदस्य, नेपाली कांग्रेस सोलुखुम्बुका नेता प्रकाशसिंह कार्कीले महाकुलुङ गाउँपालिकाकी जेहेन्दार विद्यार्थी एकता कुलुङको उच्च शिक्षाका लागि १ लाख भन्दा बढी आर्थिक सहयोग गर्नुभएकाे छ ।

सोलुखुम्बुबाट काठमाडौं आई पत्रकारिता गरिरहेका पत्रकारहरुसँगको भेटघाट कार्यक्रमबीच कार्कीले डिप्लोमा फार्मेसी अध्ययन गरिरहेकी कुलुङलाई १ लाख ३ हजार ३०० रुपैयाँ बराबरको चेक हस्तान्तरण गर्नु भएकाे थियाे ।   आगामी दिनमा एकताको पढाईलाई हेरेर सहयोगलाई निरन्तरता दिने घोषणासमेत गरेका छन् । 

एकताको बुवाआमा वितिसकेका र उनको पढाईलाई निरन्तरता दिन कठिनाई भएकाले कार्कीले आर्थिक सहयोग उपलब्ध गराउनु भएकाे थियाे । ।