५१ प्रतिशत भारतीयले दिन्छन् घुस

५१ प्रतिशत भारतीयले दिन्छन् घुस

लोकसंवाद संवाददाता  |  विदेश  |  मंसिर ११, २०७६

द इकोनमिक टाइम्सका अनुसार भारतमा अघिल्लो वर्षको तुलनामा यस वर्ष घुसखोरीमा १० प्रतिशत कमी आएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेसनल इन्डियाको ‘द इन्डिया करप्सन सर्भे, २०१९’ को हवाला दिँदै यो बताइएको छ । यस सर्भेमा यो पनि भनिएको छ कि विगत १२ महिनामा ५१ प्रतिशत भारतीयले घुस दिने गरेका छन् ।

उक्त सर्भे दिल्ली, बिहार, हरियाणा र गुजरातसमेत २० राज्यमा गरिएको थियो । सर्भेका अनुसार अझै पनि घुसका लागि नगदकै प्रयोग बढी भएको पाइयो ।
यस सर्भेमा १६ प्रतिशत मानिस यस्ता पनि पाइए, जसले घुस नदिईकनै आफ्ना काम गरेका छन् ।

सर्भेका अनुसार सबैभन्दा बढी घुस सम्पति रजिस्ट्रेसन तथा जमिनसँग जोडिएका काममा दिइने गरिएको छ ।