हजुरआमाको काखमा बसेका नाति यसरी बाँचे भूकम्पबाट

हजुरआमाको काखमा बसेका नाति यसरी बाँचे भूकम्पबाट

लोकसंवाद संवाददाता  |  विदेश  |  मंसिर ११, २०७६

अल्बानियामा मंगलवार आएको भूकम्पमा कम्तीमा १८ जना मारिएका छन् । त्यहाँ ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको केन्द्र अल्बानियाको राजधानी तिरानाबाट ३४ किलोमिटर टाढा उत्तर–पश्चिममा रहेको थियो ।

मंगलवार बिहानै आएको त्यस भूकम्पको केही समयपछि बोसनियाको मोस्टारमा पनि भूकम्प आयो । यद्यपि, त्यहाँ कुनै नोक्सानिको खबर आएको छैन ।

अल्बानियाका प्रधानमन्त्री एडी रामाले ट्विटरमा लेख्नुभएको छ, ‘हामी पीडितका साथमा छौँ । हामी प्रभावित क्षेत्रमा मानिसलाई सहयोग गर्न हरसंभव प्रयास गरिरहेका छौँ ।’

अल्बानियाका स्थानीय मिडियाका अनुसार उक्त घटनामा परी घाइते भएका ६०० जनाको उपचार विभिन्न अस्पतालमा भइरहेको छ ।

हजुरआमाले बचाइन् नाति

अहिले अल्बानियामा विद्यालयहरू बन्द गरिएको छ । उद्धारकर्मीहरूले अल्बानियाका मिडियालाई एक वृद्ध महिलाका बारेमा बताएका छन् । जब उद्धारकर्मीले ती वृद्ध महिलाको लास भेटे, उनको काखमा उनका नाबालक नाति थिए । उनले आफ्नो नातिलाई काखमा यसरी लिएकी थिइन् कि ती बच्चाको ज्यान भूकम्पबाट बचेको छ ।

भूकम्पपछि उद्धार कार्य तीब्र रूपमा जारी छ । सैनिक, प्रहरी र आपत्कालीन उद्धारकर्मीहरूले उद्धार गरिरहेका छन् ।

अनुमान छ कि भूकम्पमा धेरै मानिस फसेका हुन सक्छन् । अधिकारीहरूका अनुसार अहिलेसम्म भूकम्पग्रस्त क्षेत्रबाट ४२ जनाको सकुशल उद्धार गरिएको छ ।