सागका स्वयंसेवकलाई  पनि शारीरिक तालीम

सागका स्वयंसेवकलाई  पनि शारीरिक तालीम

लोकसंवाद संवाददाता  |  खेलकुद  |  मंसिर ११, २०७६

कास्की ।   तेह्रौँँ दक्षिण एशियाली खेलकूद प्रतियोेगिता (साग) का लागि २३० स्वयंसेवक लाई शारीरिक तालीम दिइएको छ ।

खेल अवधिभर पोखराको साग खेलकूदमा पहिलो चरणमा १८० स्वयंसेवक परिचालन गर्न लागिएको प्रशिक्षक दीपक गोदारले जानकारी दिनुभयो । 

तालीमपछि योग्यलाई स्वयंसेवकका रुपमा खटाइनेछ । स्वयंसेवा गर्न इच्छुक सबैलाई नै तालीम दिइएको स्थानीय व्यवस्थापन तथा सहजीकरण समितिले जनाएको छ । 

'हामीले सागलाई व्यवस्थित गराउनको लागि स्वयंसेवकलाई शारीरिक रुपमा बलियो राख्नका साथै खेलाडी, अतिथि तथा दर्शकसँग कसरी समन्वय गराउने भन्ने विषयमा सुसूचित गराउँदै तालिम दिएका छौँ ।' गोदारले भन्नुभयो ।

सागअन्तर्गत पोखरामा आठ खेलका लागि ८४० खेलाडी र अफिसियल पोखरा आउँदैछन् । सागको हरेक खेलमा २०–२० जना स्वयंसेवक खटाइने गोदारले बताउनुभयो । 

तेह्रौैँ सागमा आउने विदेशी खेलाडी तथा विशिष्ट पाहुनाको लागि ५० सम्पर्क अधिकारी ९लियाजन० समेत खटाइने छ । पोखरा आउने खेलाडी तथा विशिष्ट अतिथिको सहजताको लागि सम्पर्क अधिकारी राखिने भएको हो । 

विभिन्न विश्वविद्यालयमा अध्यनरत विद्यार्थीलाई उनीहरुको काम, कर्तव्य र अधिकारबारे समेत प्रशिक्षण दिएर तयारी अवस्थामा राखिएको लियाजन कमिटीका संयोजक जगन गुरुङले बताउनुभयो ।