हङकङका प्रदर्शनकारीको समर्थन गर्ने विधेयकलाई ट्रम्पले स्वीकृति दिएपछि रिसायो चीन

हङकङका प्रदर्शनकारीको समर्थन गर्ने विधेयकलाई ट्रम्पले स्वीकृति दिएपछि रिसायो चीन

लोकसंवाद संवाददाता  |  विदेश  |  मंसिर १२, २०७६

चीनको कडा विरोधका बाबजुद अमेरिकाका राष्ट्रपती डोनाल्ड ट्रम्पले हङकङका प्रदर्शनकारीको समर्थनवाला विधेयकलाई स्वीकृति दिनुभएको छ ।

द हङकङ ह्युमन राइट्स एन्ड डेमोक्रेसी एक्टका अनुसार अमेरिका यसको वार्षिक समीक्षा यसरी गरिरहेको छ कि यसबाट हङकङ चीनबाट स्वायत्त हुनेछ ।

ट्रम्पको भनाइ छ कि उहाँले चीनका राष्ट्रपती तथा चीन र हङकङका नागरिकलाई सम्मान गर्नुहुन्छ । र, पनि उक्त विधेयकमा हस्ताक्षर गर्दै हुनुहुन्छ।


भनिन्छ, ट्रम्पको यस कदमबाट चीन र अमेरिकाको सम्बन्धमा थप खराबी आउनेछ । चीनले पहिले पनि हङकङको मामलामा दख्खल नदिन अमेरिकासँग भनिसकेको छ ।


मंगलवार चिनियाँ विदेश मन्त्रात्लयले चीनका लागि अमेरिकाका राजदूतलाई यस विषयमा भनिसकेको बताएको छ । उसले राजदूतलाई यदि उक्त विधेयकमा अमेरिकाले स्वीकृति दिएमा त्यसपछिको परिणाम स्वीकार्न अमेरिका तयार रहोस् भनेको थियो ।