भ्रमण वर्षः ट्रन्सपोर्ट र टुरिजम सम्मेलन  डिसेम्बर १३ र १४ मा

भ्रमण वर्षः ट्रन्सपोर्ट र टुरिजम सम्मेलन  डिसेम्बर १३ र १४ मा

लोकसंवाद संवाददाता  |  पर्यटन  |  मंसिर १२, २०७६

काठमाडाै । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई भब्यरुपमा सफल बनाउन विभिन्न प्रचारात्मक कार्य र अभियान संचालन भईरहेका छन् ।

सोहि सन्दर्भमा, विश्वकै ठुलो मानिएको Belt and Road  Initiative समेत जोडिएको संयोजक आशिष गजुरेले जानकारी दिनुभएकाे छ ।  जस अनुसार चीनको राजधानी बेइजिङ्गमा हेडक्वार्टर रहेको Belt and Road International Transport Alliance (BRITA) ले नेपालको नासा फाउन्डेसन संगको सहकार्यमा आगामी डिसेम्बर १३ र १४ तरिख काठमाण्डौँमा Visit Nepal Year 2020 International Workshop on Transport & Tourism Integration शिर्षकको कार्यशाला संचालन गर्दैछ ।  

चीनिया हाइवे एण्ड ट्रान्सपोर्ट सोसाइटी  (NASA)तथा नेपाल अटोमोवाइल्स एसोसिएसन (CHTS)   को तत्वाधानमा आयोजना हुने सो कार्यशालाको उद्घाटन पूर्व प्रम तथा नेकपा अध्यक्ष पुष्पकमल दहाल द्वारा गरिनेछ ।  

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको सहयोग तथा पर्वतीय खेलकुद महासंघ नेपालको समन्वयमा हुने सो कार्यक्रममा पर्यटन क्षेत्रमा लगानीको सम्भावना, ड्राइभ टुरिजम, द्यच्क्ष् एण्ड टुरिजम, पर्यटन सेफ्टी तथा क्रस बोर्डर कनेक्टिभिटि जस्ता एक दर्जन पेपरहरु प्रस्तुत गरिनेछ ।    

कार्यशालामा चीनिया सरकारी तथा व्यवसायिक क्षेत्रको प्रस्तुति रहनेछ भने नेपालको केन्द्र सरकार तथा प्रदेश सरकारका उच्चअधिकारीहरु, सांसदहरु, पर्यटन क्षेत्रका विज्ञ तथा व्यवसायिहरु, सडक तथा यातायात विज्ञहरु, चीन, भारत, संयुक्त अधिराज्य, बंगलादेशका विज्ञहरु तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता हनेछ ।  

नेपाल भ्रमण वर्ष २०२० को सचिवालयको विशेष प्रस्तुति रहने तथा ७ वटै प्रदेश सरकारका पर्यटकीय निकायहरुको समेत सहभागिता रहने सो कार्यशाला ड्राइभ टुरिजम र टुरिजम सेफ्टी सम्बन्धि नेपालकै पहिलो हो ।