तपाई फगत रिक्त आकाश हो

तपाई फगत रिक्त आकाश हो

लोकसंवाद संवाददाता  |  ज्ञानविज्ञान  |  फाल्गुन ८, २०७५

तपाइको मातृभूमि, तपाईको देशले तपाईलाई अनेकौ उपमा, विभूषण, अलंकरण प्रदान गर्छ । देशको सपुत, कर्णधार, देशको गहना आदिआदि ।अनि घर परिवारका लागि, बाउको कुल चालक, आमाको प्राण प्यारो, पत्नीको लागि सर्वेसर्वा, छोराछोरीका लागि जीवन आधार अन्य अन्यका लागि आदिआदि । समाजमा तपाई दानवीर, वरिष्ठ, जुझारु, मिलनसार, अनेकौं रुपमा विख्यात हुनुहुन्छ । 

धर्मको स्वरुप अनुसार कही तपाई ईश्वरपुत्र, कही ईश्वरको अनुपम सृजना, कही आत्मा अरु नजाने के के ?

आफ्नो अहंकारमा तपाई छोइ नसक्नु, अद्धितीय, सर्वज्ञ, सर्वगुण सम्पन्न, ‘तपाई हीरा बाँकी सब कीरा’ सदृश्य नै हो । 

अब एकपटक माथिको तस्वीर पुनः हेर्नुस !

हामी २१ औं शताब्दीमा श्वास फेरी रहेका छौं । विश्वभरी सर्वत्र विज्ञानले समस्त खाले जीर्ण शीर्ण  मान्यताहरुलाई नेस्तनाबूद गर्दै गइरेहको छ । विज्ञान ठूलठूला ‘ल्याब’ र ठूला युनिभर्सिटीका ‘क्लासरुम’ बाट निस्केर जनजनको दैनिक जीवनमा पुगी सकेको छ । 

बिजुली बत्तीको रुपमा होस, सिटामोल, एस्प्रीनका रुपमा होस, चाहे मोबाइल फोन भन्नुस वा एटीएम प्रयोग गर्नुस, सबै विज्ञानका उपलब्धि हुन । के तपाई बिजुली  नभएको, मोबाइल रहित, इन्टरनेट नभएको, अस्पतालमा स्वास्थ्य जाँच गर्ने अनेकौं उपकरणविहीन अवस्थाको कल्पना गर्न सक्नु हुन्छ ? विज्ञान माथि पराश्रित हुँदै गएको तपाइको जीवन बारे विज्ञान के भन्छ ?

विज्ञानको जीवविज्ञान शाखा -BIOLOGY_ तपाईको बारेमा भन्छ, ‘ तपाईको शररिमा रहेको ७ प्रतिशत रगत  नै तपाई हो ।’

यसैगरी अर्को शाखा रसायन विज्ञान  -cHEMISTRY_ भन्छ ‘शरीरमा रहेको ६५ प्रतिशत प्रतिशत पानी नै तपाई हो ।’

अर्को महत्वपूर्ण शाखा भौतिक विज्ञान -PHYSICS_ भन्छ, ‘तपाई अणुले बनेको हो र एउटा अणुमा ९९.९९९९९९९९ प्रतिशत रिक्त स्थान (आकाश) हुन्छ, तसर्थ तपाई ९९.९९९९९९९९ प्रतिशत रिक्त आकाश हो ।’

एकपटक गम्भीर भएर विचार गरि हेर्नुस त ...।