बलात्कारपछि जलाइएकी बहिनीकी दिदीको बयान

बलात्कारपछि जलाइएकी बहिनीकी दिदीको बयान

लोकसंवाद संवाददाता  |  अपराध  |  मंसिर १५, २०७६

‘के मिडियाबाट एक एक गरेर मान्छेहरू यसरी नै आइरहन्छन् अनि पटक पटक मैले उही कुरा दोहोर्‍याइरहनुपर्ने ? के मिडियाबाट सयौँ फरक फरक मान्छे आएर एउटै प्रश्न मसँग बारम्बार सोधिरहन जरुरी छ ?’

यो प्रश्न ती युवतीको हो जसकी बहिनीलाई कथित बलात्कारपछि जलाएर मारियो ।

मृतक डाक्टरले अन्तिम पटक आफ्नी बहिनीसँग फोनमा कुरा गरेकी थिइन् तर अब उनकी दिदी मिडियासँग अनेक कुरा गर्दागर्दै थाकिसकेकी छन् ।

उनी भन्छिन्, ‘एउटै प्रश्न सयौँ पटक ... पहिल्यै दुखी भइसकेकी छु अनि फेरि बारम्बार उही कुरा मान्छेहरू सोधिरहेका छन् ।’

बहिनी साथमा छैनन्

घटना भएको दिन राती करिव ९ बजेसम्म पीडित युवती टोल प्लाजामा आफ्नो स्कुटी लिन गएकी थिइन् । त्यहीँबाट उनले अन्तिम पटक आफ्नी दिदीलाई फोन गरिन् र उनको स्कुटी पंचर भएको बताइन् ।

पीडित युवतीले फोनमा आफ्नी दिदीलाई भनिन् कि उनलाई एक्लै सडकमा उभिन डर लागिरहेको छ । अचानक केही मान्छे देखिए, केहीले उनको स्कुटी बनाइदिने कुरा पनि गरे ।

युवतीले फोनमा आफ्नी दिदीलाई भनेकी थिइन् कि एक जना ट्रक ड्राइभर उनका सामुमा रोकियो र उनको स्कुटी बनाइदिने कुरा गर्‍यो । जब युवतीले ट्रक ड्राइभरसँग स्कुटी बनाउने कुरालाई अस्वीकार गरिन्, त्यसपछि पनि उक्त ड्रइभरले उनको पिछा गर्न छाडेन ।

युवतीकी दिदीले उनलाई टोल प्लाजामै रहिरहन भनिन् । यसमा युवती राजी भइनन् र सबै मान्छेले उनीतिरै हेरिरहेका बताइन्, जसका कारण आफू डराइरहेको उल्लेख गरिन् ।

यसपछि युवतीले आफ्नी दिदीलाई केही बेरमै फोन गर्ने बताइन् तर लगत्तै उनको फोन अफ भयो ।

एकबिहानै य्वतीको लास जलेको अवस्थामा भेटियो ।

यो संपूर्ण घटना सम्झँदा दिदीलाई निकै सकस हुन्छ ।

उनी भन्छिन्, ‘यसभन्दा बढी दुर्भाग्य के हुन्छ ? बहिनीको जीवन त अब फिर्ता हुँदैन । यस्तो कसैलाई नहोस् । म सोच्न पनि सक्दिनँ कि यो सबै मेरी बहिनीलाई भयो । अब म यति मात्र भन्न सक्छु कि कसैले पनि चनाखो हुन जरुरी छ, हरेक समय, हरेक ठाउँमा ।’

त्यस रातको अन्तिम फोन सम्झँदै उनले भनिन्, ‘मेरी बहिनीले मलाई आफू डराएको भनेकी थिइन् तर मैले यति गम्भीर घटना होला भन्ने सोचिनँ । अब म यो बुझ्दै छु कि यस्ता कुरालाई कुनै हालतमा सामान्य रूपमा लिनुहुँदैन । के थाहा कि कुनै पनि बेला कसैलाई पनि यस्तो हुन सक्छ ।’

उनले पश्चात्ताप गर्दै भनिन्, ‘मैले बहिनीलाई बचाउन सक्थेँ, यदि मैले समयमै त्यसलाई गंभीरतापूर्वक लिएको भए । कसैको पनि भरोसा गर्नु उपयुक्त छैन, जुनसुकै बेला जे पनि हुन सक्छ । मलाई थाहा छ, यो सबै भन्न आवश्यक थिएन तर म यी कुरा यस कारण भन्दै छु कि एक महिला आफ्ना कोही आफन्तकहाँ जन्मदिनको पार्टीमा गइन्, उनीमाथि बलात्कार भयो र उनलाई मारियो ।’

‘यदि तपाईं कोही आफन्तका साथमा कतै जानुहुँदै छ भने पनि घरमा कसैलाई भनेर मात्र जानुहोस्’, उनले भनिन् ।

उक्त घटना बाहिर आएपछि यो प्रश्न पनि उठेको छ कि यदि पीडित महिला डाक्टरले बहिनीलाई फोन गर्नुको सट्टा प्रहरीलाई १०० नम्बरमा फोन गरेर भनेको भए सायद प्रहरीले सहयोग गथ्र्यो र उक्त घटना हुने थिएन ।

यसमा पीडित डाक्टरकी दिदी भन्छिन् कि यो ठीक हो कि मेरी बहिनीले प्रहरीलाई फोन गर्नुपथ्र्यो तर त्यसबेला त्यहाँ कस्तो परिस्थिति थियो भन्ने के थाहा ? उनी भन्छिन्, ‘म घरबाट बाहिर निस्कने हरेक महिलालाई भन्छु कि सतर्क रहनुहोस् । कहिल्यै एक्लै नहिँड्नुहोस् ।’

कडा कानुन चाहिन्छ

पीडितकी दिदी यस्ता घटना हुन नदिन कडा कानुन चाहिने बताउँछिन् । उनी भन्छिन्, ‘इमान भन्ने चिज रहेन । नैतिकतालाई विद्यालयका पाठ्यक्रमम समावेश गर्नुपर्छ । शिक्षा मात्र दिएर हुँदैन अनुशासन पनि चाहिन्छ । बच्चालाई सही र गलतको भेद छुट्याउन सिकाउनुपर्छ । पैसा कमाउनका लागि मात्र पढ्नु/पढाइनुहुन्न ।’

मिडियाबारे केही भन्नु छ

‘म मिडियाको आलोचना गर्न चाहन्नँ । एक पटक जब म र बहिनीबीच भएको अन्तिम कुराकानीको क्लिप सार्वजनिक भएपछि यो सोध्नुहोु् कि उनी र मबीच के कुरा भयो र कहाँसम्म सही हो । सबै कुरा अगाडि नै छ फेरि सोधिरहनु किन ? यो त दुःखलाई चलाइरहेजस्तो भएन र ? एउटा परिवार, जो दर्दबाट गुज्रिरहेको छ, उसका साथ यस्तो गर्नु ठीक हो र ?’

मिडियामाथि प्रश्न उठाउँदै भनिन्, ‘यदि मिडियालाई केही थाहा पाउनु नै छ भने यो घटनाको पछाडिको कारण के थियो भनेर खोजून् न ।’

‘म पहिल्यै दिक्क भएकी छु । पटक पटक त्यसलाई बिर्सने कोसिस गरिरहेकी छु । यस्तोमा यो प्रश्नले झनै दुःख बढाउँछ । म मात्र यो भन्न चाहन्छु कि जागरुकता बढाउनुहोस् ताकि एउटा सुरक्षित समाज बन्न सकोस् ।’

(बीबीसीका लागि बाला सतीश/नवीन कुमारको रिपोर्ट)