सागको उद्घाटनमा राष्ट्रपति भण्डारी, २६ खेलमा प्रतिस्पर्धा हुने

सागको उद्घाटनमा राष्ट्रपति भण्डारी, २६ खेलमा प्रतिस्पर्धा हुने

लोकसंवाद संवाददाता  |  खेलकुद  |  मंसिर १५, २०७६


काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) को १३औं संस्करण आज (आइतबार)बाट औपचारिक रुपमा सुरु हुँदैछ ।

आज साँझ ५ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेसँगै १३औं संस्करणले औपचारिकता पाउनेछ।

यस खेलकुद मेला सुरु भएको खुसी साट्न आइतबार साँझ तीन घण्टा १४ मिनेटको उद्घाटन समारोह हुँदै छ।  

आजबाट मंसिर २४ गतेसम्म गरी कुल १० दिन चल्ने यस सागका खेलहरु काठमाडौं, पोखरा र जनकपुर गरी तीन सहरमा आयोजना हुँदै छ। यस खेलकुदमा २६ खेलको सहभागिता रहेको छ।

काठमाडौं मा २१, पोखरामा ८ र जनकपुरमा १ खेल आयोजना हुनेछन। प्रतियोगितामा नेपालसहित, भारत, बंगलादेश, भुटान, माल्दिभ्स, पाकिस्तान र भुटान गरी ७ सहभागी ७ राष्ट्रका खेलाडीले ३ सय २४ स्वर्ण, ३ सय २४ रजत र ४ सय ८७ कांस्य गरी कुल १ हजार १ सय ३५ पदकका लागि प्रतिस्पर्धा गर्नेछन्।

सागमा खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक गरी कुल ३ हजार ७ सय ९ जना सहभागी हुँदै छन्। जसअन्तर्गत सातै देशका सहभागी खेलाडीको संख्या २ हजार ९ सय र ७ सय ६९ अफिसियल रहेका छन्।

सागमा नेपालबाट सर्वाधिक ५ सय ९४ खेलाडीले सहभागिता जनाउनेछन्। त्यस्तै व्यवस्थापक तथा प्रशिक्षक गरी एक सय ८६ जना पनि सहभागी हुनेछन्।

नेपालमा सागको आयोजना २० वर्षपछि हुन लागेको हो । यसअघि सागका पहिलो खेल नेपालमै सन् १९८४ मा भएको थियो भने सन् १९९९ मा नेपालले दोस्रो पटक साग आयोजना गर्ने अवसर पाएको थियो । जुन प्रतियोगिताको आठौं संस्करण थियो।