‘साग’मा आज १२ खेल हुने, कास्य पदकका लागि महिला तर्फ श्रीलंका र माल्दिभ्स भिड्ने

‘साग’मा आज १२ खेल हुने, कास्य पदकका लागि महिला तर्फ श्रीलंका र माल्दिभ्स भिड्ने

लोकसंवाद संवाददाता  |  खेलकुद  |  मंसिर १६, २०७६

काठमाडौं । आइतबार देखि सुरू भएको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को दोस्रो दिन विभिन्न १२ खेलहरू हुनेछन् । सोमबार पुरुष फुटबल, तेक्वान्दो, गल्फ,  ब्याडमिन्टन, भलिबल, खो खो, महिला क्रिकेट, प्याराग्लाइडिङ, टेबल टेनिस, कराते,  टेनिस, ट्रायथलन र उसुको प्रतिस्पर्धा हुनेछन् । 

प्याराग्लाइडिङ, ब्याडमिन्टन, महिला क्रिकेट र ट्रायथलन पोखरामा हुनेछन् । भने पुरुष फुटबलमा आज दुई खेल काठमाडौंमा हुनेछन् । जसमा पहिलो खेलमा बंगलादेश र भुटान तथा दोस्रो खेलमा माल्दिभ्स र श्रीलंका भिड्ने आयोजकले जनाएको छ । यस्तै भलिबलमा महिला पुरूषका खेल पनि आजै हुनेछन्।

कास्य पदकका लागि पुरूष तर्फ बंगलादेश र श्रीलंका भिड्नेछन् भने महिला तर्फ श्रीलंका र माल्दिभ्स भिड्नेछन्।